कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञा जारी गरेको सरकारले पछिल्लो समय अधिकांश क्षेत्र खुला गरेको छ ।
धार्मिक क्षेत्र, शैक्षिक संस्थासहित बढी भीडभाड हुने क्षेत्रमा भने अझै निषेधाज्ञा जारी छ । सुरक्षा मापदण्ड अपनाएर मन्दिर खोल्नु गर्नु पर्ने आवाज पनि सशक्त रुपमा उठ्न थालेका छ ।
सरकारले गत वर्षको चैत ११ गते लकडाउन घोषणा गरेसँगै बन्द रहेका मन्दिर अझै खुला गरिएको छैन । जवकि व्यापार, व्यवसायदेखि सार्वजनिक यातायातसम्म खुला भइसकेका छन् । बढी भीड हुने ठाउँमा जोखिम हुने भन्दै सरकाले संचालनको अनुमति दिएको छैन । तर, मन्दिर खोल्नुपर्ने माग जबरजस्त रुपमा उठिरहेको छ । मूल भट्टले गर्ने नित्यपूजा नियमित रुपमा भइरहेको छ । स्वास्थ्य मापदण्ड अपनाएर सर्वसाधारणका लागि पनि मन्दिर खुला गरिनुपर्ने तर्क गर्दै दवावमुलक अभियानसमेत संचालन हुन थालेको छ । प्रायः सबै क्षेत्र खुला भएको अवस्थामा मन्दिर मात्र बन्द गरेर कोरोना जोखिम कम नहुने सर्वसाधारण बताउँछन् ।

पशुपति क्षेत्र विकास कोषभने कोरोनाको जोखिम कायमै रहेको अवस्थामा मन्दिर खुला गर्न नसकिने बताउँछ । सरकारले जोखिम विश्लेषण गरिरहेको र निर्देशन दिने बितिकै स्वस्थ्य मापदण्ड अपनाएर मन्दिर खुल्ला गर्ने कोषको भनाइ छ ।
काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो भएपनि भीडभाड हुने क्षेत्रमा लगाइएको रोक हटाइएको छैन । जनस्वास्थ्यविदहरुले थप सचेत हुनुपर्ने औल्याइरहेको बेला स्वास्थ्य सुरक्षामा विषेश ध्यान दिन जरुरी छ ।
