म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने गेल्जङ दोर्जे तामाङ पुर्पक्षका लागि जेल चलान

विविध

म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका गायक गेल्जङ दोर्जे तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

सोमबार जिल्ला अदालत काठमाडौंक न्यायाधीश विनोदराज पोखरेलको इजलासले तीन जनालाई १५ हजार धरौटीमा र पाँच जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको छ । झण्डा जलाएको अभियोगमा प्रहरीले गायक सहित नौ जनालाई पक्राउ गरेको थियो ।

गत १ भदौमा झण्डा जलाएकाे म्युजिक भिडियो सार्वजनिक भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छ जना र महानगरीय अपराध अनुसन्धान महाशाखाले तीन जनालाई पक्राउ गरेको थियो ।

उनीहरू प्रहरीले राज्यविरुद्धको अपराध मुद्दा चलाएको थियो ।