चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा. गोविन्द केसी जुम्लामा अनसन सुरु गरेका छन् । डा. केसीले जुम्लाको चन्दननाथ- ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा १९औ सत्याग्रह सुरु गरेका हुन् ।
गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पचुहको सुनिश्चितता र ओली सरकारको लुटतन्त्रविरुद्ध जुम्लामा १९औ सत्याग्रह सुरु गरेको डा. केसीले जानकारी दिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीआीएसलगायतका कार्यक्रम संचालन गरिनुपर्ने, स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठन पाठन सुरु गरिनुपर्ने, प्रदेश- २ र गण्डकी प्रदेश तथा डोटी, डेडेलधुरा, उदयपुर र इलाम, पाचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनु पर्ने उनले माग राखेका छन् ।

