अल्का अस्पतालमा उपचाररत कोरोना संक्रमित व्यक्तिको मृत्यु

विविध

उपत्यकामा थप एक जना कोरोना संक्रमितको व्यक्तिको मृत्यु भएको छ।

जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत ६७ वर्षीय संक्रमित पुरुषको मंगबार बेलुकी मृत्यु भएको अस्पतालले जनाएको हो।

काठमाडौं विशालनगर निवासी उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य जटिल भएर अस्पताल भर्ना भएका र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

मंगलबार नै उनको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। मृतक पुरुष मधुमेह, रक्तचापका विरामी रहेको अस्पतालले जनाएको छ।

मृतकको शव अहिले अस्पतालमै रहेको र नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।