कोरोना महामारीसँग अहिले सारा विश्व लडिरहेको बेलामा मंगोलियामा एक ३८ वर्षका पुरुषको मृत्यु एक यस्तो ब्याक्टेरियाबाट भएको छ, जो एकदमै खतरनाक रहेको छ । यो ब्याक्टेरिया लोखर्के र मुसाबाट फैलिएको हो ।

मंगोलियामा जुलाईदेखि अहिलेसम्म ३ जनाको मृत्यु भईसकेको छ । यो रोगले पहिले पनि संसारमा लाखौँ मानिसहरुको ज्यान लिएको छ ।


यो रोगले संसारमा तीन पटक अहिलेसम्म हमला गरेको छ ।

पहिलो पटक ५ करोड, दोश्रो पटक यूरोपको एक तिहाई जनसंख्यामा र तेश्रो पटक ८० हजार मानिसको यसबाट मृत्यु भएको थियो ।

अब एक पटक फेरि यो रोग चीन, मंगोलिया र त्यस आसपासका देशहरुमा देखिएको छ ।

केहि महिना अगाडि अमेरिकामा पनि यसको एक केस देखिएको थियो ।

यो रोगको नाम हो व्यूवोनिक प्लेग ।

यसका कारण ने मंगोलियाको खोब्सगोल प्रान्तमा ३८ वर्षीय व्यक्तिको केहि अगाडि तीव्र ज्वरोका कारण निधन भएको थियो ।

