पपुवा न्यूगिनिमा आदीबासी नरसंहार

विविध

एजेन्सी, २५ असार । पपुवा न्यूगिनीमा आदिवासी समुदायबीच परस्पर भड्किएको हिंसाका कारण ३ दिनमा २४ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरुमा दुई जना गर्भवती समेत रहेको प्रहरी अधिकारीले जनाएका छन्।पपुवा न्यूगिनीको पश्चिमी क्षेत्रमा रहेको हेला प्रान्तमा आदिवासी समुदायहरुबीच सदियौंदेखि हिंसात्मक झडप हुँदै आइरहेको छ । हिंसामा ठूलो संख्यामा आदिवासी समुदायका मानिसहरुको हत्या भएपछि प्रधानमन्त्री जेम्स मारापेले दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।हेला प्रान्तमा विगत तीन दिनदेखि आदिवासी समुदायबीच हिंसात्मक झडप भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल पुगेका प्रहरी र अरु सुरक्षा अधिकारीले पछिल्लो स्थितिको जानकारी गराउन बाँकी रहेकाले यसपटकको हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या अरु बढ्न सक्ने बताएका छन ।