राष्ट्रिय क्रिकेट टोलीको तयारी पुरा

विविध

काठमाडौं । सिंगापुरमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको तयारी पुरा भएको छ ।यही जुलाई २२ देखि २८ सम्म आयोजना हुने फाइनलको लागि नेपालको बन्द प्रशिक्षण आइतबारबाट सकिएको छ । नेपालले प्रतियोगिताका लागि असार ५ गतेबाट तयारी थालेको थियो ।’आज (आइतबार) नेपाली टोलीको क्लोज क्याम्पको अन्तिम दिन हो,’ नेपाली टोलीका म्यानेजर रमण सिवाकोटीले खेलपाटीसँग भने , ‘अब नेपाली टोली मंगलबार मलेसिया प्रस्थान गर्नेछ ।’नेपाली टोली सिंगापुर जानुअघि मलेसिया जानेछ । नेपालले मलेसियामा दुई खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।मलेसियामा नेपालले घरेलु टोलीसँग जुलाई १३ र १४ (असार २८-२९) मा टी-ट्वान्टी सिरिज खेल्नेछ । त्यसपछि नेपाली टोली मलेसियाबाटै सिंगापुर जानेछ ।प्रतियोगिताको लागि नेपाली टोलीले मुख्य प्रशिक्षक उमेश पटवालको नेतृत्वमा प्रशिक्षण गरेको थियो । करिब १५ दिन त्रिवि मैदानमा अभ्यास गरेको नेपाली टोलीले त्यसबीचमा केहि दिन विश्राम गरेको थियो ।नेपालले प्रतियोगिताको लागि प्रारम्भिक चरणमा छनोट भएका २५ खेलाडीबाट १४ सदसीय टिमको घोषणा गरीसकेको छ ।एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसंग खेल्नेछ ।नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् । छनोट शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ। एसिया छनोटमा युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगेको छ ।

नेपाली टोली :

पारस खड्का (कप्तान)

ज्ञानेन्द्र मल्ल

बसन्त रेग्मी

बिनोद भण्डारी

दिपेन्द्र सिंह ऐरी

करण केसी

ललित नारायण राजवंशी

अविनाश बोहरा

पवन सर्राफ

प्रदीप ऐरी

रोहित कुमार पौडेल

सन्दीप लामिछाने

शरद भेषवाकर

सोमपाल कामी

वैकल्पिक खेलाडी :

कुशल भुर्तेल

सुशन भारी

आरिफ शेख

जितेन्द्र मुखिया