
काठमाडौं, २१ असार । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । भ���्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको छ ।यो भूकम्पको धक्का नयाँ नभएर ०७२ वैशाख १२ गतेको भूकम्पकै पराकम्प हो । भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको छ । शनिवार नै पारेर आएको भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित बनेका छन् ।
