भारतको अयोध्यामा हालै मात्र प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको शिलान्यास गरेका थिए । मोदीले राम मन्दिरमा भूमिपूजा पनि गरेका थिए। भूमिपूजाका क्रममा राम मन्दिर ट्रस्टका प्रमुख नृत्य गोपालदास पनि मोदीसँगै थिए ।
इन्डिया टुडेका अनुसार मोदीसँगै भूमिपूजा गर्ने गोपालदासमा कोरोना भाइरसको संक्रमण देखिएको छ । राम मन्दिर ट्रस्टले गोपालदासमा कोरोना पुष्टि भएको बिहीबार बताएको छ ।
अयोध्यामा गत अगष्ट ५ मा भएको राम मन्दिर भूमि पूजन कार्यक्रममा गोपालदाससँग मोदीसँगै, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उत्तर प्रदेशकी गभर्नर आनन्दी बेन पटेल लगायतका व्यक्तिहरु सहभागी भएका थिए । गोपालदासलाई हाल श्वासप्रश्वासमा समस्या उत्पन्न भएको जनाएको छ ।

