सौराहामा खुले होटल, छैनन् ग्राहक !!!

विविध

सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निराश भएका छन् ।  होटल खुलेसँगै एक दुई दिन चहलपहल भए पनि बस्ने र खाने गरी ग्राहक नआएको व्यवसायीले जनाएका छन् ।

विदेशी पर्यटक नआउने भए पनि स्थिति सहज हुने र आन्तरिक पर्यटक आउने व्यवसायीको चाहना थियो तर विभिन्न स्थानमा कोरोनाको सङ्क्रमण बढेपछि व्यवसायीको चाहना पूरा हुन सकेन ।  अपेक्षा अनुसार पर्यटक नभए पनि मानिसको आवतजावत हुन्छ , बास बस्न ग्राहक आउने अपेक्ष व्यवसायीले गरेका थिए। होटलसँगै रेष्टुराँ पनि खुलेका  छन् तर ग्राहक छैनन् । लामो समयसम्म बन्द गर्नुपर्दा पीडामा रहेका व्यवसायीले जेनतेन खोलेको भए पनि ग्राहक नआएपछि निराश छन्। सौराहामा १०० हाराहारी रेष्टुराँ छन् । तीमध्ये ५६  रेवानका सदस्य हुन् । आधाभन्दा बढी रेष्टुराँ थोरै कर्मचारी राखेर खुलेका छन् । सौराहामा होटलको सङ्ख्या ११०  छ जहाँ पाँच हजार ५०० हाराहारी कर्मचारी कार्यरत  छन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्न पर्यटक यहाँ आउने गर्दछन् । कोरोनापछि लकडाउनसँगै बन्द भएका होटल यही साउन १५ गतेदेखि सञ्चालनमा आएका हुन् ।