आज दिउँसोबाट तीन दिन मनसुन सक्रिय भइ भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ । मनसुनी वायु सक्रिय भएसँगै मुलुकका विभिन्न ५ प्रदेशमा अहिले वर्षा भइरहेको छ । केन्द्रले भारी वर्षा भएका क्षेत्र तथा आसपासका नदी तथा खोलाको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आह्वान गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भईरहेको छ।
