सर्लाहीमा भोलिदेखि एक साता निषेधाज्ञा

विविध

कोरोना संक्रमणलाई मध्यनजर गर्दै सर्लाही जिल्लामा पनि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण बढेपछि सर्लाहीमा बुधबारदेखि एक साता निषेधाज्ञा लगाइएको हो ।

सर्लाहीमा बुधबार बिहान ६ बजेदेखि निषेधाज्ञा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँले साउन २७ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू रहने बताउनुभयो ।