जनता सामाजवादीका सदस्य बलात्कार आरोपमा पक्राउ

विविध

गोरखाको पालुङटार नगरपालिका–४ का वडाअध्यक्ष  एवं जनता सामाजवादीका सदस्य रहेका ठाकुरकान्त रानाभाट बलात्कारको आरोपमा पक्राउ परेका छन् । तत्कालिन नयाँ शक्तिबाट वडाअध्यक्षमा निर्वाचित भएका उनलाई अहिले जनता सामाजवादीले पार्टीबाट निलम्बित गरेको छ ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि रानाभाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।  प्रहरीका अनुसार पीडित बालिका र बालिकको आमाले दिएको उजुरीको आधारमा रानाभाटलाई पक्राउ गरिएको हो ।

रानाभाटलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।