सप्तरीमा मंगलबारदेखि निषेधाज्ञा

विविध

सप्तरीमा एक साताका लागि मंगलबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिनुभयो ।

निषेधाज्ञा आगामी साउन २६ गते साँझ ५ बजेसम्म जारी रहने बताइएको छ ।