” अमेरिकामा कम्पनी दर्ता गरी दिन्छु भनी ठगी गर्ने अमेरिकन नागरिक पक्राउ “

विविध

भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका वडा नं. ६ घर भई हाल का.जि.का.म.न.पा. ३२ कोटेश्‍वर बस्ने भरत बहादुर श्रेष्ठको नाति टुक नारायण श्रेष्ठलाई पर्यटक भिषामा रहेका अमेरिकी नागरिक Danial Lee Mcgee (६५ वर्ष ) ले टुक नारायण श्रेष्ठको कोटेश्‍वरमा रहेको Atlas Security Pvt. लाई अमेरिकीमा दर्ता गरी पार्टनरसीप बनाउंछु भनी १०,००,०००।– रकम ठगी गरेको,सुजन थापा र सन्दीप कार्की समेत लाई बिजनेस भिषामा अमेरिका लान्छु भनी जनही ५,००,००० ।– ठग्ने प्रयास गर्दै गर्दा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०४।१८ गते १४:३० बजे लुकीछिपी बसिरहेको अवस्थामा काठमाण्डौ क्षेत्रपाटीबाट पक्राउ गरेको छ। साथै निजले अन्य व्यक्तिहरु समेतलाई ठगी गरेको हुन सक्ने सम्भावना रहेकोले निजबाट ठगीमा पर्नु भएको छ भने संम्पर्कमा आउनको लागी महानगरीय अपराध महाशाखाले अनुरोध गरेको छ । साथै ठगहरुले विभिन्न वहाना तथा प्रलोभनमा पार्न सक्ने हुनाले सजग/सचेत रही संभावित ठगीबाट जोगिनको लागी समेत महाशाखाले अनुरोध गरेको छ ।