पिउने पानीको अभाव भएको भन्दै राजधानीमा प्रदर्शन

विविध

काठमाडौं, ३२ जेठ । राजधानीमा पिउने पानीको अभाव भएको भन्दै उपत्यका खानेपानी पीडित दवाव समूहले आज राजधानीमा सडक प्रदर्शन गरेका छन् । मेलम्चीको पानी चाडै उपत्यकामा ल्याउन दवाव दिन समूहले शनिबार सडक प्रदर्शन गरेको हो ।
जुलुसमा प्रदर्शनकारीले वर्षाैदेखि सरकारले मेलम्चीको पानीको आशा मात्र देखाएको भन्दै पानी नल्याएकोमा सरकारको विरोध गरेका थिए । उनीहरुले पानीमा राजनीति नगर्न समेत नेताहरुलाई खबरदारी गरेका थिए ।
विभिन्न प्ले कार्ड र व्यानरसहित शहरका विभिन्न स्थानबाट निस्किएको जुलुस शहर परिक्रमा गर्दै थापाथली चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।