
एजेन्सी, २४ जेठ । बेलायती प्रधानमन्त्री थेरेसा मे शुक्रवारदेखि कन्जर्भेटिभ पार्टीको नेताबाट औपचारिक रुपमा बाहिरिएकी छन् । युरोपियन युनियनबाट बेलायत बाहिरिने ब्रेक्जिटका विषयमा मेले संसदमा पेश गरेका सबै प्रस्तावहरु असफल भएपछि उनले दुई साता अघि प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी थिइन ।कन्जर्भेटिभको नेताबाट हटेपछि पार्टीमा मेको उत्तराधिकारी खोज्ने बाटो खुलेको छ । मेले ब्रेजिक्टका बिषयमा अघि सारेका योजनाहरुको उनकै पार्टीका नेताहरुले विरोध गरेपछि उनलाई पद त्याग गर्न दबाब बढेको थियो ।मे कन्जर्भेटिभ पार्टीको नेताबाट हटेपछि नयाँ प्रधानमन्त्री चयनका लागि उनको पार्टी भित्र कसलाई प्रधानमन्त्री बनाउने भन्ने बिषयमा छलफलमा जुटेका बेलायती संचारमाध्यमहरुले जनाएका छन् । पार्टीले नेताका रुपमा अर्को प्रधानमन्त्री छनौट नगरेसम्म मेले नै प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने बताईएको छ ।
