TikTok को नयाँ Safety Dashboard: किशोरकिशोरीको डिजिटल गतिविधिमा अब अभिभावकको सहज पहुँच!

Headlines अन्तराष्ट्रिय

काठमाडौं, नोभेम्बर २३, २०२६:टिकटकले आफ्नो फ्यामिली पेयरिङ सुविधालाई नयाँ स्वरूपमा सार्वजनिक गरेको छ। यसमा थपिएका नयाँ फिचरले टिन्स (किशोरकिशोरी)ले यो प्लेटफर्म कसरी प्रयोग गरिरहेका छन् भन्नेबारे अभिभावकलाई थप जानकारी उपलब्ध गराउनेछ। साथै, उनीहरूको अनलाइन अनुभवलाई सुरक्षित र सकारात्मक बनाउन आवश्यक निर्णय लिन पनि सहयोग गर्नेछ।

नयाँ स्वरूपको फ्यामिली पेयरिङ ड्यासबोर्डमा चार प्रमुख विषयसँग सम्बन्धित जानकारी एकै ठाउँमा उपलब्ध हुनेछ। यसमा स्क्रिन टाइम, अनलाइन अन्तरक्रिया, कन्टेन्टसम्बन्धी रुचि र पब्लिक पोस्ट समेटिएका छन्। यसले अभिभावकलाई आफ्ना टिन्स (किशोरकिशोरी)को डिजिटल गतिविधि बुझ्न, उनीहरूको अनलाइन व्यवहारमा आएका परिवर्तन पहिचान गर्न र आवश्यक सेटिङबारे सुसूचित निर्णय लिन सहज बनाउने लक्ष्य राखेको छ।

यो नयाँ फिचर टिन्स(किशोरकिशोरी)का लागि टिकटकले यसअघि नै लागू गरेका सुरक्षा उपायहरूको निरन्तरता हो। टिन्स(किशोरकिशोरी)का एकाउन्टमा पूर्वनिर्धारित प्राइभेसी एण्ड सेक्युरिटी सेटिङ, प्राइभेट एकाउन्ट र एज-अप्रोप्रिएट कन्टेन्ट पोलिसीहरू लागू गरिएका छन्। यसका साथै, टिन्स(किशोरकिशोरी)का एकाउन्टमा स्क्रिन टाइम पनि पूर्वनिर्धारित रूपमा दैनिक ६० मिनेट तोकिएको छ, जसले उनीहरूको डिजिटल बानी व्यवस्थापन गर्न आधार प्रदान गर्छ।

नयाँ अपडेटसँगै अभिभावकका लागि तयार गरिएको ड्यासबोर्डमा स्क्रिन टाइमसम्बन्धी जानकारीलाई थप प्राथमिकता दिइएको छ। अब यही जानकारी ड्यासबोर्डमा सबैभन्दा पहिले देखिनेछ। अभिभावकले आफ्ना टिन्स (किशोरकिशोरी)ले औसतमा कति समय टिकटक चलाउँछन्, रातिको समयमा कति समय प्रयोग गर्छन् र स्क्रिन टाइम व्यवस्थापनका लागि कस्ता सेटिङ प्रयोग गरिरहेका छन् भन्ने हेर्न सक्नेछन्।

त्यसैगरी, अन्तरक्रियासम्बन्धी सुविधाले टिन्स (किशोरकिशोरी)को फलोअर र उनीहरूले फलो गरेका एकाउन्टको संख्यामा आएको परिवर्तन, उनीहरू सम्पर्कमा रहेका एकाउन्ट तथा ब्लक गरेका एकाउन्टबारे जानकारी उपलब्ध गराउनेछ। आगामी महिनाहरूमा अभिभावकले आफ्ना टिन्स (किशोरकिशोरी)ले टिकटकमा कसलाई मेसेज गरिरहेका छन् भन्ने जानकारी पनि हेर्न सक्ने फिचर ल्याउने टिकटकको योजना छ।

अभिभावकले आफ्ना टिन्स(किशोरकिशोरी)को कन्टेन्टसम्बन्धी रुचिबारे पनि थप जानकारी पाउनेछन्। यसका लागि उनीहरूले फलो गरेका भेरिफाइड क्रिएटरका केही भिडियोहरू देखाइनेछ। यसबाट टिन्स(किशोरकिशोरी)हरूटिकटकमा कस्ता कम्युनिटी र विषयवस्तुबाट प्रभावित भइरहेका छन् भन्ने बुझ्न सहयोग पुग्नेछ। टिकटकले परामर्श गरेका ८०% भन्दा बढी अभिभावकले यस्तो फिचर उपलब्ध हुनुपर्ने बताएका थिए।

नयाँ ड्यासबोर्डमा पब्लिक पोस्टसम्बन्धी जानकारी पनि समावेश गरिएको छ। यसमार्फत अभिभावकले आफ्ना टिन्स(किशोरकिशोरी)ले प्रत्येक साता सार्वजनिक रूपमा पोस्ट गरेका कन्टेन्ट र ती पोस्टमा प्राप्त भ्युजको संख्या हेर्न सक्नेछन्।

नयाँफ्यामिलीपेयरिङफिचरलाईतीनप्रमुखसिद्धान्तकाआधारमाविकासगरिएकोछ।पहिलो, स्पष्टरउपयोगीजानकारीउपलब्धगराउने; दोस्रो, अभिभावकलाईसुसूचितनिर्णयलिनसहयोगपुग्नेसन्दर्भरविवरणप्रदानगर्ने; रतेस्रो, टिन्स (किशोरकिशोरी)कोगोपनीयताकोसम्मानगर्ने।हरेकपरिवारकाआवश्यकताफरकहुनेभएकालेअभिभावकीयसुविधाहरूलेअनलाइनगतिविधिनियन्त्रणमामात्रजोडनदिईअभिभावकरटिन्स (किशोरकिशोरी)बीचअर्थपूर्णसंवादलाईप्रोत्साहनगर्नुपर्नेभन्नेमान्यतामायोफिचरआधारितछ।टिकटकलेपरामर्शगरेका७०% भन्दाबढीअभिभावकलेआफ्नाटिन्स (किशोरकिशोरी)सँगसंवादसुरुगर्नसहयोगगर्नेटुलहरूआवश्यकरहेकोबताएकाथिए।

यी जानकारी हरेक दिन अपडेट हुनेछन्। यसले अभिभावकलाई समयसँगैटिन्स(किशोरकिशोरी)को डिजिटल गतिविधिमा आएको परिवर्तन बुझ्न र आवश्यकताअनुसार ड्यासबोर्डबाटै सेटिङ चेन्ज गर्न सहज बनाउनेछ। साथै, यी जानकारीलाई आफ्नाटिन्स(किशोरकिशोरी)सँग संवाद सुरु गर्ने आधारका रूपमा पनि प्रयोग गर्न सकिनेछ। नयाँ स्वरूपको यो फिचर वेब ब्राउजरबाट समेत प्रयोग गर्न सकिनेछ। यसले कम्प्युटरबाट टिकटकप्रयोग गर्न रुचाउने वा टिकटकएपमा पहुँच नभएका अभिभावकलाई थप विकल्प उपलब्ध गराउनेछ।

दैनिक डिजिटल गतिविधिबाहेक टिन्स (किशोरकिशोरी)को सम्भावित हानिकारक कन्टेन्टसँगको सम्पर्कबारे चिन्तित अभिभावकलाई सहयोग गर्न टिकटकले युवा सुरक्षा तथा मानसिक स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग मिलेर थप अलर्ट दिने सुविधा विकास गरिरहेको छ।

बोस्टन चिल्ड्रेन्स हस्पिटलको डिजिटल वेलनेस ल्याब तथा सेफ अनलाइन स्ट्यान्डर्ड्सका संस्थापक एवं निर्देशक र जोन्स हप्किन्स सेन्टर फर सुसाइड प्रिभेन्सनका सम्बद्ध फ्याकल्टी डा. ड्यान रिडेनबर्गसँगको सहकार्यमा टिकटकले अभिभावकका लागि नयाँ अलर्ट प्रणाली विकास गरिरहेको छ। यो अलर्टमार्फत टिन्स (किशोरकिशोरी)ले सम्भावित हानिकारक कन्टेन्ट खोज्ने प्रयास गरेको हुन सक्ने जानकारी अभिभावकलाई दिइनेछ। साथै, यस्तो अवस्थामा कसरी अघि बढ्ने, आफ्ना टिन्स (किशोरकिशोरी)को अवस्थाबारे कसरी बुझ्ने र उनीहरूसँग सहयोगी तथा सकारात्मक संवाद कसरी सुरु गर्ने भन्ने विषयमा विज्ञहरूको सुझाव पनि उपलब्ध गराइनेछ। यो सुविधा हाल विकासकै चरणमा रहेको छ।

डिजिटल वातावरणमा युवाहरूलाई सुरक्षित राख्ने जिम्मेवारी घरपरिवारमा मात्र सीमित नहुने कुरालाई ध्यानमा राख्दै टिकटकले एजुकेटर्स गाइड पनि सार्वजनिक गरेको छ। शिक्षक तथा युवा सुरक्षा क्षेत्रका विज्ञहरूसँगको परामर्शमा तयार गरिएको यो विशेष स्रोतशैक्षिक क्षेत्रका लागि उपयोगी हुनेछ।टिकटकले कसरी काम गर्छ भन्नेबारे व्यावहारिक जानकारी, कक्षाकोठामा प्रयोग गर्न सकिने स्रोत तथा विद्यार्थी र परिवारसँग अनलाइन सुरक्षा, डिजिटल स्वास्थ्य र मिडिया लिटेरेसीका विषयमा छलफल गर्न आवश्यक मार्गदर्शन उपलब्ध गराउन शिक्षकहरूले गरेको आग्रहलाई सम्बोधन गर्दै यो गाइड तयार गरिएको हो।

यस स्रोतमा विद्यालय कम्युनिटीका लागि आवश्यक जानकारी, टुल्स र मार्गदर्शन समेटिएका छन्। आगामी केही साताभित्र कक्षाकोठामा प्रयोग गर्न मिल्ने थप सामग्रीहरूपनि उपलब्ध गराइनेछ। एजुकेटर्स गाइड तथा युवाहरूको सुरक्षासम्बन्धी थप स्रोत टिकटकको सेफ्टी सेन्टरमार्फत प्राप्त गर्न सकिनेछ।

टिकटकले आफ्नो समुदायको सुरक्षा गर्नु आफ्नो प्रमुख जिम्मेवारी रहेको जनाएको छ। टिन्स(किशोरकिशोरी), परिवार र शिक्षकका लागि सुरक्षित डिजिटल अनुभव सुनिश्चित गर्न आवश्यक टुल्स, फिचर र स्रोतको विकासलाई निरन्तरता दिने पनि कम्पनीले जनाएको छ।