सामाजिक सञ्जालमा टिप्पणी गरेजस्तो काम गर्न सजिलो छैन : कृषिमन्त्री भुसाल

विविध

२०७७ जेष्ठ २२  : काठमाडौँ – कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सामाजिक सञ्जालमा टिप्पणी गरेजस्तो काम गर्न सजिलो नभएको प्रतिक्रिया दिनुभएको छ ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री भुसालले फेसबुकमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको बताउनुभयो । उहाँले नेपालमा उत्पादन भएको दुग्धजन्य वस्तु बिक्री गर्न नसकेको स्वीकर गर्नुभयो ।

मन्त्री भुसालले किसानलाई उपलब्ध गराउने मलको विषयमा पनि समस्या रहेको बताउनुभयो । आयातको क्रममा रहेको मल पनि ढुवानीमा समस्या हुँदा ल्याउन नसकिएको बताउनुभयो । उहाँले कृषि पेशामा लाग्ने किसानहरुको न्यूनतम बचत सहितको आम्दानीको सुरक्षा गर्नु नै कृषि क्षेत्रको लागि सबैभन्दा ठूलो काम हुने बताउनुभयो ।

उहाँले कृषि पेशामा लाग्ने किसानहरुको न्यूनतम बचत सहितको आम्दानीको सुरक्षा गर्नु नै कृषि क्षेत्रको लागि सबैभन्दा ठुलो काम हुने बताउनुभयो । उहाँले अनुदान दिएर भन्दा किसानको उत्पादनको बजारीकरण र बचत सहितको आम्दानीको सुनिश्चितता गराउने गरी काम गर्नुपर्ने बताउनुभयो ।

यस्तै पछिल्लो समय सलह आउने चिन्तामा किसानहरु रहेको भन्दै त्यसको लागि मन्त्रालयले कसरी नियत्रण गर्ने भन्ने सम्बन्धमा समिति गठन गरी अध्ययन गरिएको जानकारी समितिलाई गराउनुभयो ।