काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारतको राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका छन् ।
उनी आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत पुगेका प्रधानमन्त्री शाहको भ्रमणका क्रममा भारतीय उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।



