काठमाडौं । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
आज उद्घाटन मन्तव्यको क्रममा बोल्दै अध्यक्ष ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्तालाई निर्देशन दिए ।
उनले भने, ‘सरकारले एमालेमाथि निर्मम हमला भएको छ । अब सरकारले फेरि हमाल गर्न सक्छ । त्यसको प्रतिरोध हुनेछ । त्यसको मूल्य महङ्गो पर्न सक्छ ।’
आफू गिरफ्तार हुँदा सयौं कार्यकर्तामाथि निर्मम ढङ्गले कुटपीट गरेको औंल्याए ।
उनले भने, ‘पहिले गिरफ्तार हुँदा सङ्ख्यामा केही कमी भयो होला । अबको प्रतिरोध लाखका लाख विरोधमा उत्रिनु पर्छ । सबै तयार हुनु । यो सरकारले कुनबेला के गर्छ भर छैन ।’



