ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा कात्तिक महिनामा ६४ हजारभन्दा झजनहरुले दर्शन गरेका छन् । एक महिनाको अवधिमा ६४ हजार १०६ जना भक्तजनले पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गरेका हुन् ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाका अनुसार गत शनिबार यस वर्षकै सबैभन्दा बढी ११ हजार २७२ जना भक्तजनले एकै दिन मन्दिरको दर्शन गरेका थिए । यसअघि कात्तिक तेस्रो साता मंगलबार १० हजार ६१६ जना भक्तजन पाथीभरा पुगेका थिए । समुद्री सतहबाट तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा धाम रहेको छ ।
निर्देशक प्रजिन हाङ्बाङका अनुसार नेपालको विभिन्न जिल्लाबाट भक्तजनहरू पाथीभरा दर्शन गर्न आइरहेका छन् । त्यस्तै, नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ लगायतका ठाउँबाट समेत भक्तजनहरू पाथीभरा दर्शन गर्न आइरहेका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए ।
पाथीभरा पुग्नका लागी यातायातका साधनमार्फत काफ्ले पाटी सम्म सहजरुमा पुग्न सकिन्छ । काफ्ले पाटीकाट पाँच किलो मिटर पदमार्ग प्रयोग गरेका धाम सम्म पुग्न सकिन्छ । पाँच किलो मिटर उकालो बाटो भएकाले हिँड्न नसक्नेहरूको लागी तीर्थयात्री सहयोगीहरूको समेत व्यवस्था छ । सहयोगीहरूले काफ्लेपाटी देखि धाम सम्म धाम देखि काफ्ले पाटी सम्म बोगेर पुर्याउने गर्दछन् । प्रति किलो २०० रुपैयाँ सेवा गरेवापतको शुल्क लिने गर्दछन् ।
समुद्री सतहदेखि तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित शक्तिपीठ पाथीभराको दर्शन गरेमा सोचे चिताएको मनोकाङ्क्षा पूरा हुने विश्वास रहेकाले स्वदेश तथा विदेशबाट भक्तजन आउने गरेका समितिले जनाएको छ । दसैँ तिहारको समयलाई पाथीभरा दर्शन गर्ने मुख्य सिजन हो ।
तस्बिर : दिलकुमार लिम्बू,नेपाल न्युज बैंक



