काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डीबीएएन) को अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली सर्वसम्मत निर्वाचित भएका छन्। एसोसिएसनको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षका लागि थकालीलाई अध्यक्ष चयन गरेको हो। शुक्रबार सम्पन्न साधारण सभाले थकालीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति पनि निर्विरोध चयन गरेको छ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा मुक्तिनाथ विकास बैंकका तारामान मानन्धर, लुम्बिनी विकास बैंकका सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका रबिन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकका हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका अनन्तकुमार चापागाईं चयन भएका छन्।



