नेपाल–भारत सीमा सुरक्षा र सीमापार अपराध नियन्त्रणमा सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

Headlines अपराध तथा सुरक्षा

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) का प्रमुखबीचको १०औँ नेपाल–भारत समन्वय बैठक बुधबार काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयमा सुरु भएको छ।

२०८३ कात्तिक ११ गते सुरु भएको बैठकमा दुवै देशका सुरक्षा निकायबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने, सीमा सुरक्षा तथा व्यवस्थापन प्रभावकारी बनाउने र सीमापार अपराध नियन्त्रण गर्ने विषयमा समन्वय अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ।

बैठकमा सीमापार आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउने, आपसी सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने तथा सुरक्षा निकायबीचको सञ्चालनगत सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने जनाइएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न दुवै सुरक्षा निकायले साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल र भारतबीच सीमा सुरक्षासम्बन्धी समन्वय, सीमापार अपराध नियन्त्रण तथा सुरक्षा चुनौतीको सम्बोधनमा सहकार्य सुदृढ गर्न यस्तो बैठकले संस्थागत संवाद र सहकार्यको महत्त्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।