माछापुच्छ्रे बैंकको ६% लाभांश पारित, रोशन केसी पुनः अध्यक्ष

बैंक/वित्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पोखरास्थित होटल पोखरा ग्राण्डमा असोज २८ गते बुधबार सम्पन्न बैंकको २८औँ वार्षिक साधारणसभाले ३ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

साधारणसभाले रोशन केसीलाई बैंकको अध्यक्षमा पुनः नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको निर्णयअनुसार केसी आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा पुनः नियुक्त भएका हुन् ।

सभाबाट संस्थापक सेयरधनीका तर्फबाट रोशन केसी, मुकुन्द महत र कृति महतो निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीका तर्फबाट विश्वप्रकाश गौतम निर्विरोध निर्वाचित भएका छन् ।

साधारणसभाले बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ ।

बैंकका अनुसार बोनस सेयर वितरणपछि साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ । अग्राधिकार सेयरसमेत गणना गर्दा बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ ।