बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन : नेपाल प्रहरी

Headlines समाचार

काठमाडौं । गोरखा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले बाढीको जोखिम रहेका क्षेत्रबाट टाढा रहन, सुरक्षित स्थानमा बस्न तथा जारी गरिएका सूचना र सुरक्षा संकेतहरूको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

बाढीसम्बन्धी आपत्कालीन अवस्था वा उद्धारका लागि सहयोग आवश्यक परेमा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, एम्बुलेन्स तथा जिल्ला प्रहरी कार्यालय गोरखामा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

नेपाल प्रहरीले बाढी प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ ।

आपतकालीन सम्पर्क नम्बरहरूः

जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र : १२३४

एम्बुलेन्सः १०२

जिल्ला प्रहरी कार्यालय, गोरखाः ९८५६०६११९०

जिल्ला प्रहरी कार्यालय, गोरखा (इन्चार्ज): ९८५६०५५५५५

सहायक प्रमुख जिल्ला अधिकारीः ९८५६०५७७७८