विराटनगर किङ्स र एभरेस्ट बैंकबिच सहकार्यको निरन्तरता

खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्स र एभरेस्ट बैंक लिमिटेडबिचको सहकार्य निरन्तर रहने भएको छ ।

विगतदेखि नै विराटनगर किंग्ससँग सहकार्य गर्दै आएको एभरेस्ट बैंकले आगामी एनपीएल सिजन–३ मा पनि टोलीसँगको साझेदारीलाई निरन्तरता दिने भएको हो । विराटनगर किंग्स र एभरेस्ट बैंकबीचको सहकार्यसम्बन्धी सम्झौता विराटनगरमा एक कार्यक्रमबिच सम्पन्न भएको छ ।

नेपाली क्रिकेटको विकास तथा खेलकुद क्षेत्रको प्रवद्र्धनमा योगदान पु¥याउँदै आएको बैंक र विराटनगर किंग्सबीचको यो सहकार्यले नेपाली क्रिकेटमा निजी क्षेत्रको सहभागितालाई थप बलियो बनाउने विश्वास गरिएको छ ।

सहकार्यलाई निरन्तरता दिएकोमा विराटनगर किंग्सले एभरेस्ट बैंकप्रति आभार व्यक्त गरेको छ । टोलीले नेपाली क्रिकेटको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा खेलकुदलाई व्यावसायिक रूपमा अघि बढाउने अभियानमा कर्पोरेट क्षेत्रको साथ महत्त्वपूर्ण रहेको जनाएको छ ।

विराटनगर किङ्सले एभरेस्ट बैंकलाई निरन्तर विश्वास, सहयोग र सहकार्यका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यो साझेदारीलाई अझ प्रभावकारी र दीर्घकालीन रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । एभरेस्ट बैंक र विराटनगर किंग्सबीचको निरन्तर सहकार्यले खेलकुद र कर्पोरेट क्षेत्रबिचको सहकार्यलाई थप मजबुत बनाउँदै नेपाली क्रिकेटको व्यावसायिक विकासमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।