काठमाडौं । नारायणी नदीको देवघाट, चितवन तथा दरमखोलाको वामीटक्सार, बागलुङस्थित जलमापन केन्द्रमा नदीको जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह अझै बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ः५० बजेसम्म नारायणी नदीको देवघाट र दरमखोलाको वामीटक्सारस्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको हो ।
जलसतह बढ्दो क्रममा रहेकाले नदी आसपास तथा विगतमा डुबान हुने गरेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले आज बेलुकीसम्म नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन तथा जोखिमयुक्त स्थानमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । नदीको बहाव र जलसतहमा थप वृद्धि हुन सक्ने भएकाले तटीय क्षेत्रमा रहेका नागरिकलाई नदी किनारमा नजान र सम्भावित जोखिमप्रति सचेत रहनसमेत आग्रह गरिएको छ । (तस्विर : एआई)


