प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

Headlines समाचार

काठमाडौं, ८ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न खातामा हालसम्म १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९६२ रुपैयाँ बराबरको रकम मौज्दात रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नौ वटा वाणिज्य बैंकमा रहेका रुपैयाँ खातामा ११ अर्ब ६३ करोड ८० लाख ९८० हजार २९१ रुपैयाँ मौज्दात छ । त्यस्तै हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ५४ लाख ४७ हजार ५४६ अमेरिकी डलर मौज्दात रहेको छ ।

रुपैयाँ र अमेरिकी डलरका सबै खाताको रकम नेपाली रुपैयाँमा हिसाब गर्दा कोषमा कुल १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९६२ रुपैयाँ मौज्दात रहेको कार्यालयले जनाएको छ ।

सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।