काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज २ गते बसेको बैठकले सहसचिव रुद्र सिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ।
त्यस्तै, मन्त्रिपरिषद्ले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
बैठकले साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गर्ने निर्णयसमेत गरेको छ।
यसैगरी, नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा काठमाडौंका दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरिएको छ।


