ताप्लेजुङको प्रेस युनियन नेतृत्वमा फुरुम्बो

समाचार

ताप्लेजुङ । नेपाल प्रेस युनियन ताप्लेजुङको नेतृत्व कृष्ण फुरुम्बो चयन भएका छन् । शनिबार सम्पन्न युनियनको छैटौँ जिल्ला अधिवेशनले फुरुम्बोको नेतृत्वमा नयाँ ११ नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा तरुण भारती, महिला उपाध्यक्षमा रञ्जना गुरुङ, सचिवमा विक्रम लाम्गादे, सह–सचिवमा किरण भट्टराई र कोषाध्यक्षमा सौगात विष्ट चयन भएको निर्वाचन समितिका संयोजक धर्मप्रसाद पौडेलले जानकारी दिए ।

यस्तै, सदस्यहरूमा तृष्णा खिम्दिङ, भूमिका शेर्पा, अनमोल इजम, सबिना माबो र सुनिता पालुङ्वा चयन भएका हुन् । अधिवेशनले युनियनका संघीय तथा प्रदेश प्रतिनिधिसमेत सर्वसम्मत चयन गरेको छ ।

संघीय प्रतिनिधिमा आनन्द गौतम, धर्मप्रसाद पौडेल, माला पालुङ्वा, सन्तोष पुर्कुटी, देवराज गुरुङ र तारा सिटौला चयन भएका छन् । प्रदेश प्रतिनिधिमा रञ्जना गुरुङ, राजन गौतम, तरुण भारती, सौगात विष्ट, तृष्णा खिम्दिङ र सबिना माबो चयन भएको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनमा नेपाली काङ्ग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, कोशी प्रदेश सरकारका पूर्व उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीलगायतको उपस्थिति थियो ।