राति हामी सुतेको बेला देखिने सपनामाथि हाम्रो नियन्त्रण हुदैन अर्थात हामी आफुले चाहेर आफ्नो इच्छा अनुसार सपना देख्न सक्दैनौं । सपना हामी निदाएको बेला स्वत घटित हुने एक विशेष प्रक्रिया हो । यसका अर्थ र फलका बिषयमा बिभिन्न अड्कल बाजीहरु गरिदै आएका छन । सुतेको बेला देखिने सपनाले वास्तविक जिवनमा पनि अर्थ राख्ने र सपनाको प्रकार अनुसार असल तथा खराब दुबै फल प्राप्त हुने विश्वास गरिन्छ । यद्यपि यसको विषयमा वैज्ञानिक प्रमाणको अभावमा यसलाई रुढीवाद समेत भन्ने गरिएको छ ।
शोधकर्ताहरुको विश्लेषणका आधारमा यी सपनाहरुको अर्थ यस्तो हुन्छ :
गर्भवती भएको सपना देखेमा : आफु गर्भवती भएको सपना देख्नुको अर्थ हुन्छ तपाइँभित्र नयाँ जिवनको सुरुवात भएको छ अर्थात् नयाँ उर्जा तथा आइडियाको विकाश हुँदैछ । यसको अर्थ तपाइँले पुनर्जिवन पाउँदै हुनुहुन्छ, नयाँ मार्गतर्फ लम्किँदै हुनुहुन्छ अर्थात् जिवनमा काँचुली फेर्दै हुनुहुन्छ ।
भुतपूर्व पार्टनरको बारेमा सपना देखेमा– यो सामान्य हो र यसको अन्य कुनै अर्थभन्दा पनि जिवनको एउटा क्षणको परावर्तन मात्र हो । तपाइँको भुतपूर्व प्रेमी वा प्रेमिका कुनै समय तपाइँको जिवनको अंग थियो । यदि तपाइँले कोही नयाँ मानिससँग डेटिङ गएको वा प्रेमालाप गरेको सपना देख्नुभयो भने ब्युँझिएपछि आफैलाई सोध्नुहोस् की त्यो मानिसले तपाइँको जिवनमा के अर्थ राख्छ ? उसको लागि तपाइँको मनमा ठाउँ भएकै हो ?
दाँत झरेको सपना देखेमा-यसको अर्थ तपाइँको जिवनमा संक्रमणकाल चलिरहेको छ । तपाइँ यस्तो निरासा तथा कठिन परिस्थितिबाट गुज्रिँदै हुनुहुन्छ जहाँ प्रसस्तै परिवर्तन आत्मसात गरिरहनु परेको छ भने तपाइँले दाँत झरेको सपना देख्न सक्नुहुन्छ । तपाइँ रुपान्तरण हुँदै हुनुहुनछ भन्ने यसको अर्थ हुन्छ ।
मृत्युको बारेमा सपना देखेमा– मरेको सपना देख्नु भनेको तपाइँले अब कुनै चिज त्याग्दै हुनुहुन्छ जुन अहिलेसम्म तपाइँको जिवनको भाग थियो । बसिरहेको घर सर्दा, जागिर छाड्दा तथा सम्बन्ध विच्छेद गर्दा समेत मरेको सपना देख्ने सम्भावना हुन्छ ।
बारम्बार डराउने सपना– हामीले जिवनमा धेरै नकारात्मक अनुभवहरु समेत बटुलेका हुन्छौँ र त्यसलाई आत्मसात गरेका हुन्छौँ जसले हामीमा संवेगात्मक घाउ सिर्जना गर्दछ । मानिसको मस्तिष्क यस्ता स्मरणहरु प्रति असहिष्णु हुन्छ र त्यसलाई सँगालेर राखिराख्नु भन्दा बारम्बार त्यसलाई उत्सर्जन गर्दछ । यो पीडादायी उर्जा डरलाग्दो सपनाका रुपमा बाहिर निस्किन्छ । कुनै विषयमा डरलाग्दो सपना देखिरहनुको अर्थ हुन्छ की त्यस विषयमा हाम्रो मस्तिष्कमा डर, चिन्ता तथा पीडा संचित छ र वास्तविक जिवनमा त्यसलाई सम्बोधन गर्नु आवश्यक छ ।
कोहीसँग प्रेम गरेको सपना देखेमा– कोही नयाँ मानिससँग प्रेम गरेको सपना देखेर मख्ख परिन्छ सायद । तर मख्ख नपरे हुन्छ, किनकी यसको अर्थ त्यस्तो रोमान्चक छैन । सपनामा प्रेम गरेको देख्नु भनेको मानिस कृतघ्न छ र आफैप्रति इमान्दार छैन भन्ने कुराको द्योतक हो । तपाइँले आफैभित्र केही कुरा दबाएर राख्नुभएको छ, ध्यान दिइरहनुभएको छैन वा कृतघ्न बनिरहनुभएको छ भने तपाइँले कसैसँग प्रेम गरेको सपना देख्नुहुन्छ ।
काम तथा स्कुलको बारेमा सपना देखेमा– सपनामा परीक्षामा तयारी गर्न नसकेको, लेख्न नसकेको, काममा ढिलो भएको तथा मिटिङका लागि तयारी नगरेको जस्ता कुरा देखेमा बुझ्नुहोस् की तपाइँ खतरापूर्ण अवस्थामा हुनुहुन्छ । यो भनेको आफ्नो वास्तविक रुप, क्षमता तथा चरित्र आत्मसात गर्न नसक्ने तथा आफैप्रति डराउने वा आत्मविश्वास नभएका कारण हुन्छ । व्यवसायिक रुपमा मानिस सक्षम तथा इमान्दार देखिएपनि उसले आफ्नो व्यक्तिगत आयाम लुकाउन अनेक प्रयत्न गरिरहेको हुन्छ । सोही चरित्र मानिसको सपनामा प्रकट हुन्छ ।
राम्रा सपना अन्नबाली, घोडचढी,कमलको फुल,गोरु, गाइ, गुरु, सेतो रंगको फुल, दही, चामल, चादीका भाडा, हात्ती, राजा महाराजा, सिहासन, फल, सेतो बस्तुवा पदार्थ, कपास, मिठाइ, देबताको प्रतिमा वा मुर्ति,बिद्धान बाहुन, सधवा आइमाइ, ध्वजा, समुन्द्र स्नान, गंगाको स्नान, तारा, चन्द्रमा, देवता, मन्दिर, गित संगीत, पर्बतारोहण, फलेकोबृक्ष, फुलेको फुल, केटाकेटी, हतियार प्राप्ती, शरीरमा तेज आउनु, पुस्तक रचना वा अध्ययन, सन्त महात्मा, दुध खानु,फल खानु,सर्प, लास वा लास लाँदै गरेको, स्वर्गका अप्सरा, गायनकला, भाषण, बन्धनबाट छुटेको, भरीएको भाडो, तोरण, रुदैगरेको ब्यक्ति
नराम्रा सपना आगो, जल्दैगरेको चिता, खाली भाडा, दात भाचिनु, कपाल झर्नु, रातो वा कालो कपडा, गुलीयो बस्तु खानु, काडा,शत्रु, राक्षस, भैसी, रागो, बादर, हतियार, सुकेको बृक्ष/बस्तु, खरानी, फासीमा झुण्डाएको,हावामा उडेको,बाढी, मान इज्यतमा कमी आउनु, अपमानीत हुनु, सर्पहरुसग खेल्नु,ग्रहण लाग्नु, उल्लु, आधी तुफान, जलमग्न हुनु, डुबेको देख्नु, पानी नभएको पोखरी, तलाउ,इनार, खोला, चोर्नु, नकाब मकुण्डो, भुतप्रेत, पहिरो, पुल, तार चुट्नु, स्त्री वा पुरुषसग जर्बजस्ति गर्नु, शरिरमा हिलो लाग्नु, एकान्त बनमा एक्लै हुनु, पसिनाले भिज्नु, प्रिय ब्यतिको मृत्युको खबर सुन्नु, होहल्ला, बिबाह भएको, बिवाह मण्डब घुमेको