काठमाडौं । हवाई उद्धार गरी ल्याइएका २४१ जना नेपाली नागरिकलाई नुवाकोटको त्रिशूलीस्थित श्री नम्बर १ सैन्य तालिम केन्द्रमा राखिएको छ ।
उपलब्ध विवरणअनुसार उद्धार गरिएकामध्ये पुरुष र महिला दुवै रहेका छन् । सूचीमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका व्यक्ति समेटिएका छन् । उद्धार गरिएकामध्ये सबैभन्दा कम उमेरका व्यक्तिमा ४ वर्ष र ५ वर्षका बालबालिका रहेका छन् भने ६४ वर्षसम्मका नागरिक पनि छन् ।
सार्वजनिक विवरणमा उद्धार गरिएका नागरिकको नाम, उमेर र लिङ्ग उल्लेख गरिएको छ । सूचीअनुसार विभिन्न उमेर समूहका नागरिकलाई हवाई माध्यमबाट उद्धार गरी त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा ल्याइएको हो ।









