
काठमाडौं, २३ बैशाख । सोमबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से २१ दशमलव ७३ अंकले बढेर परिसूचक १२९९दशमलव ४१ अंकमा पुगेको छ । १ सय ७२ कम्पनीका २० लाख ७५ हजार ४० कित्ताशेयर ८ हजार ५६ पटकको कारोबारबाट ६३ करोड ३६ लाख ५३ हजार ५ सय २९ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५दशमलव ०१ अंकले बढेर २७८दशमलव ९७ विन्दुमा पुगेको छ । सोमबार अन्य समूहबाहेक कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेको छ ।अन्य समूहको परिसूचक ०दशमलव ८५ अंकले ओरालो लागेको छ । सोमबार शिवम् सिमेन्ट लिमिटेडको ४ करोड ९४ लाख ३८ हजार ४ सय ३२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले सबैभन्दा बढी ९दशमलव ७८ प्रतिशतले कमाएका छन भने पाँचथर पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ६दशमलव २७ प्रतिशतले गुमाएका छन ।
