२५० को किनमेल, १० लाखको Jackpot! करदाता प्रोत्साहन योजनाको पहिलो बम्पर कञ्चनपुरमा

Headlines आर्थिक

काठमाडौं । सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत पहिलो बम्पर नगद पुरस्कार विजेता घोषणा गरेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जेनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गर्ने एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर नगद पुरस्कार जितेका छन्।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पहिलो बम्पर विजेताको घोषणा गरेका हुन्। सरकारले साउन १ देखि १५ गतेसम्म भएका कारोबारका आधारमा पहिलो चरणको उपहार सार्वजनिक गरेको हो। १० लाख रुपैयाँका विजेताको कुपन नम्बर ००७३१५२५४४९३ रहेको छ।

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरेको यो कार्यक्रमको मुख्य उद्देश्य उपभोक्तालाई बिल लिन प्रोत्साहन गर्ने, डिजिटल भुक्तानीको प्रयोग बढाउने तथा कर प्रणालीमा नागरिकको सहभागिता विस्तार गर्ने रहेको छ।

कार्यक्रमअन्तर्गत साउन १ देखि १५ गतेसम्म बैंक वा डिजिटल वालेटमार्फत अनलाइन भुक्तानी गरेर वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः सहभागी भएका थिए। नगदमा खरिद गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गरी कुपन प्राप्त गरेपछि कार्यक्रममा सहभागी हुने व्यवस्था गरिएको थियो।

सरकारले अबदेखि हरेक महिनाको १६ गते (१–१५ गतेसम्मको कारोबार) र महिनाको अन्तिम दिन (१६ गतेदेखि महिनाको अन्तिम दिनसम्मको कारोबार) नियमित रूपमा उपहार घोषणा गर्ने जनाएको छ।

विजेता कुपन नम्बर

१० लाख रुपैयाँ (१ जना)

००७३१५२५४४९३

१ लाख रुपैयाँ (१५ जना)

००७७५५५९०६७०
००२९२८८१७८११
००३०६६७७९५८९
०१५६११०५९०७५
००९९१७८३३२४५
००८७८२४८६३३५
०१२२५९०८६५९९
००४७८०९४०८८४
०१३०३५२३०२९७
०१४९७३९३०७३३
०१०८३७१८०३३२
००१८०८९६५९८६
००६८४१५५३५३७
००५५८८५०६०८५
०११३८०९१४५८०