Nepal army logo

दार्चुलाको घाँटीबगर क्षेत्रमा नेपाली सेना

विविध

मन्त्रिपरिषदको गत वैशाख १४ गतेको निर्णयअनुसार महाकाली करिडोर (दार्चुला टिंकर सडक योजना) अन्तर्गत उत्तरीतर्फ रहेको ८७ किलोमिटर सडक खण्ड निर्माण प्रयोजनका लागि घाँटीबगर इलाका नजिकको थी भन्ने स्थानमा नेपाली सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको हो ।

सो सडक खण्ड अन्तरगत सेनाले दार्चुलाको व्यास गाँउपालिका वडा नम्बर २ स्थित घाँटीबगर इलाकामा करिव २ मिटर चौडाईको ४५० मिटर गोरेटो–घोडेटो बाटो निर्माण गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।