हिन्दु राष्ट्र भारतले हटाएको भारतीय मिडियामा खुल्लेआम प्रचार

विविध

भारतीय समाचार च्यानल ए बि पी न्युजमा जनरल G.D. Bakhsi ले नेपालबाट हिन्दु रास्ट्र हटाउन भारतले भूमिका खेलेको र नेपालमा माओवादी आन्दोलन पनि भारतले चर्काएको भन्ने अभिव्यक्ति दिएका छन्। हिन्दु राष्ट्र हटाउने कुरो नेपाली जना चाहना हैन भन्ने कुरा बेला बेलामा विभिन्न सामाजिक संजाल तथा संचारमाध्यमहरुमा नआएको पनि हैन , ‘र ‘ का पूर्वप्रमुखले पनि आफ्नो किताबमा यसको बारेमा लेखेका छन् त्यस्तै भारतका पूर्व रास्ट्रपति प्रणब मुखर्जीले पनि यस बारेमा उल्लेख गरेका छन्।

GD Bakshi

तर यसरि खुल्लेआम कसैले ब्याख्या गरिरहँदा पनि नेपाल तै चुप मै चुपको अवस्थामा छ।

Image may contain: Dipesh Khatri, bridge, sky and outdoor

कसैको चाहनामा व्यवस्था परिवर्तन वा कुनै ठुलो परिवर्तन हुनु राम्रो कुरो होइन भन्छन् राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता दिपेश कुमार खत्री, हिन्दु राष्ट्रको एजेन्डा बोकेर हिंडेको राष्ट्रिय प्रजातन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको instakhabar.com लाई बताउंदै राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता दिपेश कुमार खत्रीले बिगतका गल्तीलाई सच्याएर नेपाललाई अबिलम्ब हिन्दु राष्ट्र घोषणा गर्न माग गरेका छन्। अरुको स्वार्थको लागि आफ्नो देशको मर्यादा र स्वाभिमानमा आंच आउने काम नगर्न र गल्ति सुधार्न उनले माग गरेका छन्। साथै भारतीय मिडियामा भारतको र नेपालको सैन्य शक्तिलाई दाँजेर नेपाल भारतको अगाडी केहि हैन भनेर प्रचार गरिएकोमा उनले “हरेक युद्ध हतियारको दममा जितिदैन ” भन्ने अभिव्यक्ति दिएका छन्।

त्यस्तै गरि भारते मिडियामा अभिनेत्री मनिष कोइरालालाई पनि खलनायक बनाइएको छ। उनले नेपाललाई समर्थन गरेकोमा भारतको खाएर चीनको गीत गएको भनेर प्रचार गरिएको छ। जवाफमा उनले श्रम बेच्न सकिन्छ, रास्त्रियता र स्वाभिमान हैन भनेर जवाफ दिएका छन्।