काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवालाई सात दिनभित्र उपस्थित हुन भन्दै पुर्जी जारी गरेको छ।
विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा जयविरसँग केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।
विभागका अनुसार जयविर सिंह देउवाको स्थायी ठेगाना डडेलधुराको साविक आसिग्राम गाविस–५ रहेको छ भने हाल काठमाडौं महानगर क्षेत्रअन्तर्गत बूढानीलकण्ठ नगरपालिका–२ मा बसोबास गर्दै आएका छन्।

पुर्जीअनुसार जयविरले ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयको बी–ब्लकमा रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालयमा तोकिएको अवधिभित्र उपस्थित भई आवश्यक बयान तथा जानकारी दिनुपर्ने उल्लेख गरिएको छ।
