
बाँँके,बैशाख २१ गते । भारतको उत्तरप्रदेश राज्यको बहराइचमा हुने लोकसभा निर्वाचनका लागि आज बेलुकी ६ बजेदेखि नेपाल–भारत सीमा नाका ४८ घण्टा बन्द भएको छ । भारतमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर जमुनाहा नाका आज बेलुकी ६ बजेदेखि २३ गते बेलुकी ६ बजेसम्मका लागि बन्द भएको छ । चुनाब दौरान भारतमा कुनै अपराधिक गतिबिधी नहोस भनेर ४८ घण्टा को लागि बोर्डर बन्द गरिएको हो , तर एम्बुलेन्स लगायत अत्याबस्यक सेवा भने दुवै देशका सुरक्षाकर्मीको समन्वयमा संचालन हुने छ ।निर्वाचनका बेला घुसपैठ नहोस् भनेर दुवै देशमा निर्वाचन हुँदा सीमा नाका बन्द गरिँदै आएको छ ।नेपालबाट ठूलो संख्याका नेपालीहरु भारतीय बजारमा किनमेल गर्न जाने गर्दछन् । तीन दिन नाका बन्द हुँदा थाहा नपाएर आउने नेपालीले नाका दुःख पाउन सक्ने भएकाले जिल्ला प्रशासन कार्यालय बाँकेले एक दिनअघि नै सूचना जारी गरेको छ ।४८ घण्टा सीमा नाका बन्द हुँदा नेपाल दाल, चामल, तेल हरियो तरकारीजस्ता दैनिक उपभोग्य वस्तुदेखि विलासिताका सामानमासमेत भारतमा नै निर्भर हुँदा आयात निर्यात प्रभावित हुनेछ । लोकसभा निर्वाचन नजिकिँदै जाँदा भारतीय सुरक्षाकर्मीले सीमा नाका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाई गरेको छ ।
