जापानलाई पराजित गर्दै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

Headlines खेलकुद

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा ब्राजिलले जापानलाई पराजित गरेको छ ।

सोमबार रित भएको खेलमा जापानलाई २–१ गोलले पराजित गर्दै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।

खेलको २९ औं मिनेटमा काइशु सानोले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।

५६ औं मिनेटमा कासेमिरोले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याए । त्यसपछि खेलाडी गाब्रियल मार्टिनेलीले गोल गर्दै ब्राजिललाई जित महत्वपूर्ण जित दिलाए ।

यस जितसँगै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

ब्राजिलले अब अन्तिम १६ मा आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग खेल्नेछ ।