काठमाडौँ/झापा ।, भारतीय चिया बोर्डको नयाँ कार्यविधि (SOP) विरुद्ध आन्दोलनमा उत्रिएका झापा र इलामका चिया उद्योगीहरू अन्ततः बगान र कारखाना खोल्न सहमत भएका छन्। नेपाल सरकारले विशेष कार्यदल गठन गरेपछि र प्रधानमन्त्री कार्यालयबाटै कूटनीतिक पहलको बलियो आश्वासन पाएपछि नेपाल चिया उत्पादक सङ्घले आजै (असार ११) देखि सम्पूर्ण बन्दका कार्यक्रम स्थगन गरी उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको छ।
सङ्घका उपाध्यक्ष शिवकुमार गुप्ताद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, हरियो चियापत्ती बगानमै कुहिन थालेको संवेदनशील अवस्था र हजारौँ मजदुरहरूको दैनिक गुजारा ठप्प भएको गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो।
सिंहदरबारको ‘ग्यारेन्टी’ र कूटनीतिक पहलको आश्वासन

नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीको नेतृत्वमा राजधानी पुगेको बुँदागत मागसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलले सम्माननीय प्रधानमन्त्रीको कार्यालयमा सिधै संवाद गरेको थियो। उक्त छलफलमा चिया क्षेत्रको विद्यमान समस्यालाई सरकारले गम्भीरतापूर्वक लिँदै ‘यथाशीघ्र कूटनीतिक तथा प्रशासनिक पहल गर्ने’ स्पष्ट प्रतिबद्धता जनाएको छ।
चिया निर्यातमा सिर्जना भएका व्यापारिक र प्राविधिक झमेला सुल्झाउन, किसानका समस्या पहिल्याउन र नेपाली चियाको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्न सरकारले गठन गरेको ‘विशेष कार्यदल’ लाई उद्योगीहरूले सकारात्मक रूपमा लिएका छन्।
ताला त खुल्यो, तर ‘फलो-अप’ मस्ट बी स्ट्रिङ!
नो क्याप (No Cap): उद्योगीहरूले किसान र मजदुरको भान्सा सम्झेर कारखानाको ताला त खोले, तर यो केवल तात्कालिक युद्धविराम मात्र हो। भारतीय बाबुहरूको ‘SOP’ को हतियार अझै सीमामा कायमै छ।
अब सरकारले गठन गरेको कार्यदलले दुई साताभित्र बुझाउने प्रतिवेदन र परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीसँग गर्ने भनिएको कूटनीतिक डिल कत्तिको ‘पावरफुल’ हुन्छ, त्यसैले नेपाली ‘ग्रिन गोल्ड’ को वास्तविक भविष्य तय गर्नेछ। इन्स्टाखबर यस मुद्दाको फलो-अपमा लगातार ग्राउन्डमै रहनेछ।
