काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी ९ दिनकी सुत्केरी महिलाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
‘धुलिखेल अस्पतालमा मृत्यु भएको बाह्रविसे नगरपालिका–९ राम्चेको सुत्केरी महिलामा कोरोना पोजेटिभ देखिएकोमा संक्रमित महिलाको मृत्यु पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आएको छ । सम्बन्धित स्थानहरु जिल्ला कोरोना क्राइसिस मेनेजमेन्टको तर्फबाट शिल गरिएको छ । यस्तै सम्बंधित ठाउँमा भोली बिज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परिक्षण पनि गरिने भएको छ । नेपालमा कोरोबाट मृत्यु भएको यो पहिलो केस हो ।

