सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सांसद दुलालको आपत्ति

Headlines राजनीति

काठमाडौं । नेपाली कम्युनिष्ट पाटीृका सांसद युवराज दुलालले नेपालको सीमा र राष्ट्रिय स्वाभिमानसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन् ।

बिहीबार बसेको प्रतिधिनिसभा बैठकमा बोल्दै उनले सांसद दुलालले नेपाल–भारत सीमा विवाद र नेपाली भूमि मिचिएको विषयमा नागरिकस्तरबाट उठाइएका प्रश्नप्रति सरकारले जिम्मेवार ढंगले जवाफ दिनुपर्ने बताए ।

उनले भने, ‘नेपालको सीमा मिचिएको छ भनेर नागरिकका तर्फबाट प्रश्न उठाउँदा प्रधानमन्त्रीले नेपाल पनि भारतको भूमि मिचिएको रहेछ भन्ने गैरजिम्मेवार अभिव्यक्ति जुन अभिव्यक्ति दिनुभयो त्यो सत्ताको कुर्सीले एउटा नेपालीप्रतिको मोह राष्ट्रियप्रतिको भावनामा यस विषयले गम्भीर चिन्ता र चासो छ ।’

उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको दाबी गर्दै त्यसले राष्ट्रिय भावना र स्वाभिमानबारे प्रश्न उठाएको बताए ।