काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १० हजार एकसय रुपैयाँले घटेको हो ।
मंगलबार ३ लाख १ हजार ९०० सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँमा कारोबार भैइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।
