नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल

बैंक/वित्त

काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी संघको नबौं र दशौं संयुक्त बार्षिक साधारण सम्पनन भएको छ ।

संघका अध्यक्ष राजेन्द्र मल्लको सभापतित्वमा सम्पन्न सभाले  प्रगति विवरण, आर्थिक वर्ष २०८०/०८१ र आर्थिक वर्ष २०८१/०८२ को आयव्ययको वित्तीय विवरण पारित गर्ने, २०८२/०८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा बीमा क्षेत्रका विद्यमान समस्या, हालैको बजेटमा बीमा क्षेत्रसंग सम्बन्धित बिषयहरुमा गरेका व्यबस्था तथा आगामी दिनमा संघले गर्नुपर्ने कामको सम्बन्धमा उपस्थित सबै सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।

त्यस्तै, सभाले आगामी दुई बर्षको लागि कार्यसमिति गठन गरेको छ । जसअनुसार अध्यक्षमा मनोहर दास मुल (अध्यक्ष, सगरमाथा लुम्बिनी इन्स्योरेन्स), उपाध्यक्षमा आजाद श्रेष्ठ (अध्यक्ष, युनाइटेड अजोड इन्स्योरेन्स), महासचिवमा महेन्द्र कृष्ण श्रेष्ठ (अध्यक्ष, हिमालयन एभरेष्ट इन्स्योरेन्स), कोषाध्यक्षमा रमेश कुमार निरौला (अध्यक्ष, नेको इन्स्योरेन्स), सदस्यहरुमा कुनाल कयाल (अध्यक्ष, सानिमा जिआईसी इन्स्योरेन्स) र पवन अग्रवाल  (सञ्चालक, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स) नियुक्त भएका छन् । त्यसैगरी सभाले निवर्तमान अध्यक्ष राजेन्द्र मल्लको योगदानको कदर गर्दै उनलाई कार्यसमितिमा आमन्त्रण गर्ने निर्णय समेत गरेको छ ।