थप ६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २७३

विविध

काठमाडौँ – नेपालमा थप ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवन निवासी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।