काठमाडौँ, सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार गरिएको वार्षिक बजेट स्वीकृत गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई संघीय संसद्मा प्रस्तुत गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
सरकारले स्वीकृत गरेको आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।
