०१ जेठ , २०७७ , काठमाडौं । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको समाचारले अहिले खुबै चर्चा बटुलेको छ ।बुधबार सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको जनाइएको छ । नेपाली सेनाको एम–१६ हेलिकोप्टर मार्फत थापासहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजित राई लगायतको टोली दार्चुला पुगेक थिए । दार्चुला सदरमुकामको नेपाली सेनाको ब्यारेकमा हेलिकोप्टर अवतरण गरिएको थियो । त्यहीँबाट सशस्त्र प्रहरीको १२ जनाको टोलीलाई छाङरुमा लगिएको थियो । विवादित कालापानी क्षेत्रबाट १२ किलोमिटर वर स्थापित बीओपीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दले गर्दैछन् । यही ठाउँमा नेपाल प्रहरीको चौकी पनि छ । यद्यपि, बाह्रै महिना सुरक्षाकर्मीको उपस्थिति भने यहाँ हुने गरेको छैन । छाङ्रुमा भाडाको घरमा बीओपी स्थापना गरिएको हो । चाँडै सशस्त्र प्रहरीले अस्पतालसहितको भौतिक संरचना बनाउन थाल्ने पनि जनाइएको छ ।
तर दार्चुलाको कालापानी नजिकै छाङरूमा पहिले देखिनै BOP थियो। माओबादी द्वन्द्वको समयमा असुरक्षाको डरले त्यो पोष्ट हटाईएपछि त्यहॉ अहिले पुन: BOP खडा गरिएको हो। यो अहिले सुरू गरिएको हैन।इतिहासको हेक्का नयॉ पुस्तामा हराउदै जानु र नेताहरूले जनता उल्लु बनाउनु नेपालको दु:खद विसंगति हुदै गएको छ। दार्चुलामा छाङरूमा बिस २०३० देखि कायम BOP माओबादी द्वन्द्वमा हटाएपछि मन्त्रिपरिषदले पुन: स्थापना गर्ने निर्णय गत मंसिरमा नै गरिसकेको बुझिएको छ। त्यसपछि ६ महिना सरकारले पुन: स्थापना गर्ने निर्णय बिर्सेछ । अहिले भारतले रोड उद्घाटन गरेपछि झसंग हुदै जागेर पुन: BOP राख्ने निर्णय गरेको हो । BOP स्थापना गरिएको स्थान भने कालापानी भन्दा निकै टाढा छ ,नक्सामा हेर्नुस नेपालको सिमाना र प्रहरी पोष्ट कहॉ छ। त्यसैले खुसि हुन पर्ने या वाह-वाहि गर्नुपर्ने खासै जरुरत छैन ।
स्मरण रहोस कालापानी र छाङरुको दूरी १२ किलो मिटर छ ।

तिङ्कर र छाङरुमा ४८ वर्ष अघिनै १५ जना सुरक्षाकर्मी थिए । अहिलेसम्म त त्यहाँ सुरक्षाकर्मी बढाएर करिब दुईसय हुनु पर्नेमा भएको चौकीमा समेत प्रहरी नबस्दा सीमा मिचिँदै आएको छ ।
नेपालले समयमै सुरक्षा चौकी र जनशक्ति बढाएको भए यस्तो अवस्था आउने थिएन । कालापानीको समस्या मिडिया र काठमाण्डौँमा मात्र उठ्ने गरेको छ । अखबारमा समाचार आउने बित्तिकै तिङ्कर र छाङरुका नेपालीले भारतीय पक्षबाट झन दुःख पाउने गरेका छन् ।
