ईपीएलका लागि प्रशिक्षण प्रोटोकल जारी, प्रशिक्षणमा एक साथ पाँच खेलाडीले मात्र खेल्न पाउने

विविध

काठमाडौं, वैशाख ३१ः इङ्लिश प्रिमियर लिग ईपीएलले लिगमा आबद्ध फुटबल क्लबहरूको पहिलो चरणअन्तर्गतको प्रशिक्षण शुरू गर्ने सम्बन्धमा आधिकारिक प्रोटोकल जारी गरेको छ ।

कोरोनाभाइरस महामारीका कारण ईपीएल मार्च १३ देखि अवरुद्ध छ र जारी सिजनअन्तर्गत ९२ वटा खेल बाँकी रहेको छ । मंगलबार ईपीएलमा आबद्ध क्लबका खेलाडी तथा व्यवस्थापकहरूलाई पठाइएको प्रोटोकलका अनुसार पहिलो चरणको प्रशिक्षण शुरू गरिएपछि एक साथ पाँच खेलाडीहरूले मात्र खेल्न पाउनेछन् र प्रशिक्षणका क्रममा अर्का खेलाडीलाई छक्याउन पनि प्रतिबन्ध लगाइएको छ।

त्यस्तै सो प्रोटोकलमा सामाजिक दूरी पूर्ण रूपमा पालना गर्न लगाइने लगाइने भनिएको छ । हरेक प्रशिक्षणपश्चात् फुटबल मैदान, कर्नर फ्ल्याग र गोलपोस्टमा डिस्इन्फेक्टेन्ट छर्किने उल्लेख गरिएको छ ।

खेलाडीहरूको हप्तामा दुई पटक खेलाडीहरूको कोरोनाको परीक्षण गरिनेछ र हरेक दिन प्रशिक्षण शुरू गर्न भन्दा तापक्रम नापिनेछ। ७५ मिनेटमा सीमित पारिएको प्रशिक्षण शुरू गर्नका लागि क्लबहरूलाई आगामी सोमबार अनुमति दिइनसक्ने जनाइएको छ ।