काठमाडौं । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजना एवं क्लथ एण्ड फुड बैंक नेपाल र लायन्स क्लब अफ काठमाडौंको क्लिओप्याट्राको सहकार्यमा कपडादान गरिएको छ ।
संस्थाकी महिला सचिव बेनिश पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा करिव चारसय केजी नयाँ तथा पुराना प्रयोग गर्न मिल्ने कपडा बितरण गरिएको थियो।
कार्यक्रममा क्लथ एण्ड फुड बैंक नेपालका अध्यक्ष कमल जीसीले कलाकारिता क्षेत्रबाट पहिलो संस्थागत सहकार्य रहेकाले पनि आफू उत्साहित र प्रफुल्लित रहेको बताए ।

प्रस्तोता समाज नेपालका अध्यक्ष नरहरी प्रेमी सर्जक बैकुण्ठ महत प्राध्यापक ऋषिराम शर्मालगायतले शुभकामना मन्तब्य राखे । संस्थाका अध्यक्ष नारायण बहादुर थापाको सभपतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष थापाले विविध सामाजिक कार्यक्रमहरुमार्फत संस्थालाई अझै अग्रसर गतिशील र जिम्मेवार बनाएर अगाडि लैजाने बताए ।
सामाजिक काममा अग्रणी संस्था राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले यस अघिपनि श्रष्टा सम्मानलगायत विविध कार्यक्रम गर्दै आइरहेको छ । संस्थाको कार्यालय अनामनगरमा सम्पन्न कपडादान कार्यक्रमको संचालन महासचिव सनम कठायतले गरेका थिए ।
संस्थाका बरिष्ठ उपाध्यक्ष दिपक शर्मा, सचिव रिता केसी, महिला सचिव एवं कार्यक्रम संयोजक बेनिश पौडेल, कोषाध्यक्ष प्रतिक्षा काफ्ले, कार्यसमिति सदस्यहरु बिरेन्द्र भाट “बिपिन” बिनोद बम, पुजा ठकुरी, प्रमोद डिजी, प्रज्वल राज भट्ट, कोपिला शिवाकोटी, रानु निरौला लायन माला खत्री लगायतको उपस्थिति थियो ।
